National life

आज हरितालिका तीज, पूजा आराधना सहित नाचगान गरी मनाइँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० भदौ २०८२, मङ्गलबार
1.4kShares
आज हरितालिका तीज, पूजा आराधना सहित नाचगान गरी मनाइँदै
ncell

काठमाडौँ। आज हिन्दु महिलाको मुख्य पर्व तीज । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ।

आज तीजको अवसरमा महिला कर्मचारीलाई मात्र बिदा दिइएको छ। भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग यस पर्वलाई मनाउने गर्छन्।

Royal Enfield
nic asia capital

पतिको लागि आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा झर्छन् जस्तो भान हुने मान्यता छ।

हिजोको दरको भरमा आज आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ। पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ। आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ।

आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रङ्गमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?