National life

पेट्रोलियमको मूल्य यथावत्, १५ दिनमै आयल निगमलाई ३ अर्ब २० करोड घाटा हुने

भारतबाट पेट्रोलियम पदार्थको मूल्य ठूलो दरले बढेर आए पनि आसन्न दसैँ, तिहारलाई लक्षित गर्दै नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१४ असोज २०८३, बुधबार
298Shares
पेट्रोलियमको मूल्य यथावत्, १५ दिनमै आयल निगमलाई ३ अर्ब २० करोड घाटा हुने
ncell

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य ठूलो दरले बढेर आए पनि आसन्न दसैँ, तिहारलाई लक्षित गर्दै नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको छ। मूल्य समायोजन नगर्दा नेपाल आयल निगमलाई आगामी १५ दिनमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।

निगमले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेल २० रुपैयाँ २१ पैसा, मट्टीतेल १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धन १८ रुपैयाँ ६६ पैसा बढेर आएको छ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको निगमले जनाएको छ।

Royal Enfield
nic asia capital

ठूलो दरमा मूल्य बढेर आए पनि आसन्न चाडपर्वलाई ध्यानमा राख्दै नेपालमा मूल्य समायोजन नगरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

उनका अनुसार चाडपर्वको समयमा मूल्य नियन्त्रण गर्नुपर्ने दायित्वलाई ध्यानमा राखेर निगमले ठूलो घाटा व्यहोर्नुपरे पनि तत्काल मूल्य नबढाउने निर्णय गरेको हो।

निगमले चालु आर्थिक वर्ष २०८२/८३ को १४ असोजसम्म ४ अर्ब ७५ करोड रुपैयाँ नोक्सानी बेहोरिसकेको छ। अब आगामी १५ दिनमा थप ३ अर्ब २० करोड रुपैयाँ घाटा हुने भएपछि भारतबाट पेट्रोलियम पदार्थ खरिदबापतको भुक्तानी व्यवस्थापनमा चुनौती थपिने देखिएको छ।

निगमका प्रवक्ता ठाकुरका अनुसार मूल्य स्थिरीकरण कोषमा हाल करिब ४ अर्ब रुपैयाँ रहेको छ। सञ्चालक समितिको निर्णयबाट उक्त रकम परिचालन गरी भारतलाई पेट्रोलियम पदार्थ खरिदबापतको भुक्तानी गर्ने योजना रहेको उनले जानकारी दिए।

भारतबाट लगातार बढेर आएको मूल्यका कारण निगमको वित्तीय भार बढ्दै गए पनि चाडपर्वको समयमा उपभोक्तालाई तत्काल थप मूल्यवृद्धिको भार नपरोस् भनेर हालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको हो।

यो समाचार शेयर गर्नुहोस्
298SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?