National life

आज २१औँ निजामती सेवा दिवस: ८६ हजार कर्मचारीमा भेटिएनन् एकजना ‘सर्वोत्कृष्ट’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ भदौ २०८१, शनिबार
580Shares
आज २१औँ निजामती सेवा दिवस: ८६ हजार कर्मचारीमा  भेटिएनन् एकजना ‘सर्वोत्कृष्ट’
ncell

काठमाडौँ । आज २१ औँ निजामती सेवा दिवस मनाइँदै छ। तीन वर्षदेखि ‘व्यावसायिक र सृजनशील  प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ यो दिवस मनाउँदै आइएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउने गरेको हो।

संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा वृत्ति विकास अवरुद्ध भएकाले कर्मचारी उत्साहित भएर सेवा प्रदान गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर प्रत्येक वर्ष दिवस मनाइरहँदा निजामती प्रशासनले दिने सेवाप्रति आम नागरिक भने सन्तुष्ट छैनन्। यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारीविनै निजामती दिवस मनाइने भएको छ। तर सरकारले विगतका सात वर्षमा जस्तै यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी ठहर गर्न सकेको छैन ।

निजामती सेवाका ८६ हजार कर्मचारी रहँदा पनि सरकारले एकजना पनि सर्वोत्कृष्ट कर्मचारी भेट्न नसकेको ठहर गरेको छ। योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यो वर्ष पनि कसैलाई नदिइएको एक स्रोतको जानकारी छ ।

शुक्रवार अपराह्न निजामती पुरस्कार सिफारिस छनोट समितिको बैठक बसेको थियो । बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले यो वर्ष पनि सर्वोत्कृष्ट निजामती पुरस्कार कसैलाई नदिने स्पष्ट पारे। उनका अनुसार यो वर्ष २० कर्मचारीले निजामती सेवा पुरस्कार र २० ले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने भएका छन् ।

सर्वोत्कृष्ट पुरस्कार दुई लाख रुपैयाँको छ। २०७३ सालमा भने शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो। सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार हालसम्म चार जनाले मात्रै पाएका छन्। २०६८ सालमा तत्कालीन परीक्षा नियन्त्रक सूर्य गौतम, २०६९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवतीकुमार काफ्ले र २०७० मा उपत्यका विकास प्राधिकरणका काठमाडौँ जिल्ला आयुक्त भाइकाजी तिवारीले पुरस्कार हात पारेका थिए।

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?