National life

आयातमुखी बन्दै नेपाल: निर्यात भन्दा आयात १० गुणा बढी, उर्लिँदै व्यापार घाटा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ माघ २०८१, बुधबार
985Shares
आयातमुखी बन्दै नेपाल: निर्यात भन्दा आयात १० गुणा बढी, उर्लिँदै व्यापार घाटा
ncell

काठमाडौँ । दैनिक उपभोग्य सामग्रीको बढ्दो आयात र निराशाजनक निर्यातले देशको अर्थतन्त्रमा प्रभाव पारेको छ । फलस्वरूप देश आयातमुखी हुँदै गएको देखिन्छ। स्वदेशी उत्पादन वृद्धि तथा प्रवर्द्धनात्मक कार्यक्रम हुन नसक्नु र उत्पादन भएका सामान निर्यात हुन नसक्नु तथा आयातित सामान गुणस्तरीय नभएकै कारण व्यापार घाटा बढ्दै गएको छ।

व्यापार घाटा कम गर्न समय–समयमा धेरै नीतिमा फेरबदल गर्दै आए पनि उपलब्धि भने हुन सकेको देखिँदैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हरेक वर्ष निर्यात बढाउने भन्दै नयाँ–नयाँ स्याम्पलका रूपमा नयाँ कार्यक्रम ल्याइन्छ, तर कार्यक्रम कार्यान्वयन हुन नगई निर्यात अधोगतिमा जाँदै गरेको तथ्याकंहरुले पुष्टि गर्दै आएका छन्

२०८१/८२ को पाँच महिनामा निर्यातभन्दा आयात १० गुणा बढी छ । उक्त पाँच महिनामा व्यापार घाटा ५८७ अर्ब, आयात ६६२ अर्ब, वैदेशिक व्यापार ७३५ अर्ब र निर्यात ७३ अर्ब रुपैयाँ भएको छ ।

आव २०७८/७९ मा व्यापार घाटा, आयात र वैदेशिक व्यापार क्रमशः १५ खर्ब, १६ खर्ब र १७ खर्ब भएको छ। त्यस्तैगरी आव २०७९/८० मा व्यापार घाटा, आयात र वैदेशिक व्यापार क्रमशः १४ खर्ब, १६ खर्ब र १७ खर्ब भएको छ। तर, आव २०८०/८१ मा व्यापार घाटा, आयात र वैदेशिक व्यापार क्रमशः १४ खर्ब, १५ खर्ब र १६ खर्ब भएको छ।

नेपालमा भन्सारमा प्रयोग हुने उपभोग्य वस्तुदेखि महँगा सवारी साधन, इन्धन पदार्थलगायत अधिकांश वस्तुको आयात गर्नुपर्ने अवस्थाका कारण देशको व्यापार जहिले पनि घाटामा रहने गरेको छ।

सरकारले व्यापार घाटा कम गर्नका लागि सहजकर्ता, नियामकको भूमिका वहन गर्दै निजी क्षेत्रको ठोस सहभागिता बढाउने र विश्व बजारमा मागअनुरूपका तुलनात्मक लाभ र योग्य क्षमतायुक्त वस्तुको पहिचान, छनोट, विकास, प्रवर्द्धन र निर्यातका लागि निजी क्षेत्रसँग समन्वय गरिने लगायतका रणनीति लिई व्यापार घाटा कम गर्ने ध्येय राखे पनि कार्यान्वयनमा आउन सकेको छैन ।

नेपालको वैदेशिक व्यापारलाई विचार गर्दा भान्सामा प्रयोग हुने सामानदेखि औषधि, सवारी सामान, इन्धन पदार्थजस्ता वस्तु आयात भएका छन् ।

आयात निर्यातका सामाग्री

नेपालबाट निर्यात हुने वस्तु अर्बमा र आयातित वस्तु खर्बौँमा आयात हुँदै आएकाले देशको व्यापार घाटा फराकिलो अन्तरमा बढ्दै आएको छ। नेपालबाट मुख्य रूपमा निर्यात हुने वस्तुमा कपडा, तयारी पोसाक, गलैँचा, अदुवा, चिया, चाउचाउ, अलैँची आदि छन् । अघिल्लो वर्षभन्दा अगाडिका आर्थिक वर्षमा गलैँचाको निकासी घटेको छ।

तर, तयारी पोसाकको निर्यात बढेको देखिन्छ। कुनै वर्ष निर्यात वृद्धि हुने वस्तुमा अलैँची परेको छ भने आयात वृद्धि भएका वस्तुमा पेट्रोलियम पदार्थ, गाडी र गाडीका पार्टपुर्जा तथा मोबाइल सेट मुख्य रहेका छन् ।

वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पति घिउ, तयारी पोसाकलगायतको निर्यात बढेको छ भने कुनै वर्ष जुस, अलैँची, जिआई पाइप, ऊनी गलैँचासहितको निर्यात घटेको छ । समग्रमा वस्तुगत रूपमा पेट्रोलियम पदार्थ, यातायातका साधन, पार्टपुर्जा, सुन, एमएस बिलेट, पोलिथिन ग्रेनुयल्सलगायतका वस्तुको आयात बढेको छ ।

यता, कृषि औजार, पार्टपुर्जा, विद्युतीय सामान, सेनिटरी प्याड, खाने तेल, ब्याट्रीलगायतका वस्तुको आयात घटेको छ। पशु आहार, तयारी पोसाक, पिना, वनस्पति घिउलगायतका वस्तुको निर्यात बढेको छ । तर जुस, अलैँची, ऊनी गलैँचा, पाइप, टुथपेस्टलगायतका वस्तुको निर्यात घटेको देखिन्छ ।

नेपालमा बढी आयात भएका वस्तुमा फलाम तथा स्टिल, पेट्रोलियम पदार्थ, सवारी साधन र तिनका पार्टपुर्जा छन् भने नेपालको निर्यात दयनीय भई नेपालबाट बढी निर्यात भएका वस्तुहरूमा चिया, कफी, म्यान मेड स्टेपल फाइबर, कार्पेट, कपडा तथा कच्चा पदार्थ, फलाम तथा स्टिल मुख्य छ। अघिल्ला वर्षसम्म पनि भारत, चीन र अन्य देशहरूमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्र रूपमा व्यापार घाटा पनि बढेको देखिन्छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
985SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?