काठमाडौँ । कर्णाली प्रदेशका तीन जना मन्त्रीले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका छन्।
नेपाली काँग्रेसबाट प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले मङ्गलवार अपराह्न मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र बुझाएका हुन्।
शर्मा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन्। सोमबार केन्द्रको काँग्रेस(माओवादी गठबन्धन टुटेपछि कर्णालीमा काँग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन्।
राजीनामा दिनेहरूमा कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल र उद्योग, पर्यटन तथा वातावरण मन्त्री कृष्णकुमार विसी रहेका छन् ।


































