National life

इन्धन बचत गर्ने मोदीको अभियान : कारगेडमा ५०% कटौती

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३० वैशाख २०८३, बुधबार
1.5kShares
इन्धन बचत गर्ने मोदीको अभियान : कारगेडमा ५०% कटौती
ncell

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन बचत र मितव्ययिता प्रवर्द्धन गर्ने उद्देश्यसहित आफ्नो आधिकारिक कारगेडमा प्रयोग हुने सवारी साधनको संख्या करिब ५० प्रतिशतले घटाउने निर्णय गरेका छन्। हैदराबादमा दिएको भाषणमा इन्धन खपत नियन्त्रणको आह्वान गरेपछि यो निर्णय तत्काल कार्यान्वयनमा आएको हो।

पहिलेको व्यवस्थाअनुसार प्रधानमन्त्रीको सुरक्षा कारगेडमा विशेष सुरक्षा समूहको प्रोटोकलअनुसार ठूलो संख्यामा सवारी साधन प्रयोग हुने गर्थ्यो। तर हालैका गुजरात र असम भ्रमणका क्रममा कारगेडको आकार करिब आधा घटाइएको देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुरक्षा व्यवस्थामा भने कुनै सम्झौता नगरिएको र क्एन् को मापदण्ड पूर्ण रूपमा कायम रहेको बताइएको छ।

मोदीले कारगेडमा सम्भव भएसम्म विद्युतीय सवारी साधन ९भ्ख्० प्रयोग बढाउने निर्देशन पनि दिएका छन्। नयाँ सवारी खरिद नगरी उपलब्ध सरकारी सवारी साधनमै भ्ख् प्रयोगलाई प्राथमिकता दिने योजना रहेको जनाइएको छ।

यो कदम विश्वव्यापी ऊर्जा आपूर्ति र तेल मूल्यमा देखिएको दबाब ९विशेषगरी क्षेत्रीय द्वन्द्वका कारण० बीच आएको बताइन्छ। उनले नागरिकलाई पनि इन्धन बचत गर्न, अनावश्यक यात्रा कम गर्न र स्थानीय उत्पादनको प्रयोग बढाउन आग्रह गरेका थिए।

त्यस्तै, गृहमन्त्री अमित शाहसहित केही भारतीय जनता पार्टी शासित राज्यका मुख्यमन्त्रीहरूले पनि यस्तै अभ्यास अपनाउँदै कारगेडमा सवारी संख्या घटाएका छन्। उदाहरणका लागि, मध्य प्रदेशका मुख्यमन्त्रीको कारगेड १३ बाट घटाएर ८ वटा सवारीमा सीमित गरिएको जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?