National life

इरानले पाकिस्तानमार्फत पठायो अमेरिकालाई शान्ति प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२४ चैत २०८२, मङ्गलबार
1.7kShares
इरानले पाकिस्तानमार्फत पठायो अमेरिकालाई शान्ति प्रस्ताव
ncell

काठमाडौं। अमेरिका र इजरायलसँग चलिरहेको द्वन्द्वलाई स्थायी रूपमा अन्त्य गर्ने लक्ष्यसहित इरानले नयाँ शान्ति प्रस्ताव अघि बढाएको छ। इरानी सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उक्त प्रस्ताव पाकिस्तानमार्फत् पठाइएको हो।

बीबीसीका अनुसार, अमेरिकाले अघि सारेको १५ बुँदे प्रस्तावमाथि करिब दुई सातासम्म गहन अध्ययन गरेपछि इरानले आफ्नै धारणा सहितको प्रस्ताव इस्लामाबादमार्फत् पठाएको हो।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग खुला गर्न इरानलाई मंगलबारसम्मको समय दिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तोकिएको समयभित्र मार्ग नखुलेमा इरानका विद्युत् संरचना र पुलहरूमा आक्रमण गरिने चेतावनीसमेत उनले दिएका थिए। समयसीमा सकिनु अघिल्लो दिन नै इरानले युद्ध अन्त्यको सन्देशसहित प्रस्ताव सार्वजनिक गरेको हो।

अप्रिल ६ मा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले मध्यस्थकर्तामार्फत सन्देश आदान–प्रदान भइरहेको पुष्टि गरेका थिए। तर उनले अमेरिकाको १५ बुँदे प्रस्तावलाई तेहरानले अस्वीकार गरेको बताएका थिए। आईआरएनएका अनुसार इरानले जवाफस्वरूप पेश गरेको १० बुँदे अवधारणामा विगतका अनुभवका आधारमा युद्धविरामको प्रस्ताव अस्वीकार गरिएको छ र आफ्नै सर्तमा दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गरिएको छ।

उक्त प्रस्तावमा क्षेत्रीय तनावको अन्त्य, स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित आवागमनको सुनिश्चितता, पुनर्निर्माण प्रक्रिया र आर्थिक प्रतिबन्ध हटाउनेजस्ता विषय समेटिएको बीबीसीले जनाएको छ।

इरानको परमाणु कार्यक्रमलाई लिएर अमेरिका र इजरायलले फेब्रुअरी २८ मा संयुक्त आक्रमण थालेका थिए। सो आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहित केही उच्च अधिकारी र उनका परिवारका सदस्यहरू मारिएको जनाइएको छ।

त्यसको प्रत्युत्तरमा इरानले पनि इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै आक्रमण थालेको थियो। हालसम्म जारी द्वन्द्वले खाडी क्षेत्रमा अस्थिरता बढाएको छ भने स्ट्रेट अफ होर्मुजमा अवरोध आउँदा विश्व बजारमा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?