National life

उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्धारा आन्दोलनको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
836Shares
उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्धारा आन्दोलनको घोषणा
ncell

काठमाडौँ। काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा गरेको छ।

हालसम्म सिफारिस नगरेको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो । संघले यसअघि तीन दिने अल्टिमेटम दिएको थियो । उक्त समयभित्र सिफारिस नभएको भन्दै पुनः आन्दोलनको घोषणा गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा.विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले विज्ञप्ति जारी गर्दै पहिलो चरणमा सात दिनका लागि शान्तिपूर्ण दबाब कार्यक्रमसहित आन्दोलन घोषणा गरेका हुन् ।

सात दिने अवधिमा पनि विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिबाट छनोट प्रक्रिया टुंगोमा नपुगेमा तत्काल आवश्यक पहल गरी उपयुक्त निर्णय लिन कुलपति एवम् प्रधानमन्त्री तथा सहकुलपति एवम् शिक्षा मन्त्रीलाई प्राध्यापक संघले आग्रह गरेको छ ।

फागुन २ र ३ गते उपकुलपतिका लागि आवेदन दिएका २० मध्ये सर्टलिस्टमा परेका १० जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो । त्यसपछि नाम सिफारिस गर्नुपर्ने तर, अहिलेसम्म सिफारिस हुन सकेको छैन ।

यो समाचार शेयर गर्नुहोस्
836SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?