National life

उपत्यकामा १,९५७ चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
716Shares
उपत्यकामा १,९५७ चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन
ncell

काठमाडौँ । पछिल्लो २४ घण्टामा उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९५७ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा रु १० लाख ७८ हजार ५०० राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने २३ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १४४ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १८५ जना र अत्यधिक गतिमा सवारी चलाउने १८१ जनामाथि कारबाही गरिएको छ।

त्यसैगरी लेन अनुशासन नमानेका ८७ जना, निषेधित स्थानमा हर्न बजाउने ९१ जना, सडक पेटीमा पार्किङ गर्ने १११ जना र एकतर्फी सडकमा सवारी चलाउने ९३ जना पनि कारबाहीमा परेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसका अतिरिक्त विभिन्न सवारी नियम उल्लङ्घन गर्ने अन्य एक हजार ४२ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
यो समाचार शेयर गर्नुहोस्
716SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?