काठमाडौँ । आगामी निर्वाचनका लागि प्रचारप्रसार खर्च पारदर्शी र व्यवस्थित बनाउन आवश्यक बैंक खाता खोल्ने उम्मेदवारको संख्या हालसम्म न्यून रहेको देखिएको छ।
कुल ३ हजार ४ सय ६ जना उम्मेदवारमध्ये केवल ६ सय ७१ जनाले मात्रै बैंक खाता खोलेका छन्, जुन करिव २० प्रतिशत मात्र हो, निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगको व्यवस्था अनुसार राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत मात्र जम्मा र खर्च गर्नुपर्छ।
यसैअनुरूप नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उम्मेदवारहरूको बैंक खाता खोल्न सहजता प्रदान गर्न परिपत्र जारी गरेको थियो।
आयोगका अनुसार वित्तीय सुशासन कायम राख्न बैंकहरूको योगदान महत्वपूर्ण रहेको छ। हालको तथ्यांकले देखाएको छ कि प्रचार खर्च पारदर्शी बनाउन अझै धेरै उम्मेदवारले बैंक खातामा पहुँच कायम गर्न बाँकी छ, जसले निर्वाचन व्यवस्थापनमा चुनौती थपेको छ।





































