काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।
हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ पुगेको छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ थियो ।




































