National life

‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ भदौ २०८२, बिहिबार
988Shares
‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडौँ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

एनआईसी एशिया बैंक कोष प्रवद्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत साउन २९ गतेदेखि खुला गरिएको थियो।

जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणहरुमा ५ करोड इकाई निष्कासन गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् ।

Royal Enfield
nic asia capital
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु ९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ।

नेपाल धितोपत्र बोर्डले यो योजनाको निष्कासनका लागि गत असार ३ गते अनुमति दिएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
988SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?