काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि नयाँ खुलामुखि म्युचुअल फण्ड योजना ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ को निष्काशन तथा बिक्री सुरु गरेको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल ५ करोड इकाई, अर्थात् ५ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड बिक्रीमा ल्याएको हो। कुल १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित राखिएको छ।
न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाई सम्मका लागि आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद भदौ २ गतेसम्म रहेको छ। यदि सो अवधिमा पर्याप्त आवेदन प्राप्त नभएमा म्याद भदौ १२ गतेसम्म थपिनेछ।
यदि निष्काशन अवधिमा कम्तिमा ५० प्रतिशत इकाईका लागि आवेदन प्राप्त भएमा बाँडफाँट गरी योजना सञ्चालन हुनेछ। न्यूनतम इकाई बिक्री नभएमा योजना खारेज गरिनेछ र आवेदकको रकम १५ दिनभित्र फिर्ता गरिनेछ।
यो योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक स्वयं एनआईसी एशिया क्यापिटल लिमिटेड हो। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेब वा एपमार्फत आवेदन दिन सक्नेछन्।
यस योजनाका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फण्ड प्रबर्द्धकलाई IRN Triple B Issuer Rating प्रदान गरेको छ भने ICRA Nepalले योजना व्यवस्थापकलाई CARENP-AMC Quality 3 Plus रेटिङ्ग प्रदान गरेको छ।

































