National life

एनआईसी एशिया बैंकद्वारा खातामा प्यान नम्बर अद्यावधिक गर्न आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२० असोज २०८२, सोमबार
1KShares
एनआईसी एशिया बैंकद्वारा खातामा प्यान नम्बर अद्यावधिक गर्न आग्रह
ncell

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले खातावालाहलाई खातामा उल्लेखित स्थायी लेखा नम्बर९प्यान०अद्यावधिक गर्न आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थमन्त्रालय आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले सम्पूर्ण ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आह्वान गरेको हो ।

ग्राहकहरुले बैंकको आधिकारीक वेवसाइट तथा वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमा ट्याब गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । साथै,आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ।

Royal Enfield
nic asia capital

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई‘ ई–टीडीएस’रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको बैंकले उल्लेख गरेको छ । प्यान नम्बर अद्यावधि भएपश्चात ग्राहकहरुको कर कट्टीको विवरण सो नम्बरबाट प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ ।

यसले ग्राहकहरुलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने तथा प्रमाणपत्र लिन बैंकसम्म धाउनु नपर्ने बैंकले जनाएको छ । ग्राहकहरुले प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएस ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?