National life

एनएमबि बैंकको खुद नाफा ४६.२२ % ले बढ्यो, सबै सूचकमा उल्लेख्य प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ साउन २०८२, मङ्गलबार
678Shares
एनएमबि बैंकको खुद नाफा ४६.२२ % ले बढ्यो, सबै सूचकमा उल्लेख्य प्रगति
ncell

काठमाडौं ।  एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले यस अवधिमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ४६.२२ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २१.६२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.३४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफ ६४.४६ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ३ करोड रुपैयाँबाट घटेर ९५ करोड ८० लाख रुपैयाँमा झरेको छ।

यस अवधिसम्ममा बैंकको जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ। समिक्षा अवधिसम्ममा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ४१ पैसा रहेको छ।

यस समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६६ पैसा बढेर १७ रुपैयाँ ९० पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.१० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?