National life

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० साउन २०८२, मङ्गलबार
583Shares
एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तरण
ncell

काठमाडौं ।  मनसुनको मौसम र यसमा देखिने अस्थिरता तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै, एनएमबि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एउटा १६ फिटको सेल्फ-बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु, र अन्य विपद् उद्दार सामग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत, श्री गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक, श्री टेक बहादुर तामाङ ज्यूलाई औपचारिक रूपमा ती उद्दार सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेटहरु र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश छन् ।

मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले, यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापन जस्ता विभिन्न क्षेत्रहरूमा निरन्तर योगदान पुर्याउदै आईरहेको छ ।

यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रतिबद्धता झल्काउने विश्वास बैंकको रहेकोछ। एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?