National life

एनएमबि बैंकले दराज नेपालका बिक्रेतालाई बिना धितो कर्जा दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ जेठ २०८०, बिहिबार
736Shares
एनएमबि बैंकले दराज नेपालका बिक्रेतालाई बिना धितो कर्जा दिने
ncell

काठमाडौं। एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरुलाई बिना धितो कर्जा उपलब्ध गराउने भएको छ। दुबै संस्थाबीच भएको समझदारी अनुसार, विद्युतीय माध्यममार्फत बिना धितो कर्जा उपलब्ध गराइने छ।

बिशेषगरी बैंकिङ पहुँच कम भएका, उत्पादनशिल उद्यमसँग जोडिएका, स्टार्टअप फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारको आधारमा ऋण उपलब्ध गराइने छ।

बैंकले ५ लाख रुपैयाँसम्मको चालु पुँजी कर्जाका रुपमा ऋण उपलब्ध गराउने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सम्झौतापत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन्।

घिमिरेले अर्थतन्त्रको बास्तविक क्षेत्र तथा डिजिटलाईजेशलाई प्राथमिकता दिईरहेकाहरुलाई ऋण उपलब्ध गराइने बताए। उनले ग्राहकहरुले अनलाईनमार्फत आवेदन दिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने बताए।

कर्जा कागजरहित, झन्झटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैंक लिएको यो प्रयास कोशेढुंगा सावित हुने उनले बताए।

 

यो समाचार शेयर गर्नुहोस्
736SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?