National life

एनएमबि बैंकले ल्यायाे नेपालमा वी च्याट पे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
552Shares
एनएमबि बैंकले ल्यायाे नेपालमा वी च्याट पे
ncell

काठमाडौं । एनएमबि बैंकले नेपालमा वी च्याट पे ल्याएकाे छ । एनएमबि बैंकसगँको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वी च्याट पे आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ ।

वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका संचालक योगेन्द्र लाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के।सी लगायत नेपाली र चीनिया अधिकारीहरुको उपस्थितिमा लेकसाईड पोखरामा सम्पन्न भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रमका प्रमुख अतिथी नेपालका लागि चीनका राजदुत चेन सोङले कोड मार्फत स्थानीय व्यवसायीलाई कारोवार गर्न सहजता पुग्ने वि च्याट पे को सुविधा र नेपाल चीन फ्रेन्डशीपको विषयमा प्रकाश पारे । साथै उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वीच्याट मार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकीङ्ग प्रणाली मार्फत सम्वन्धित सेवा प्रदायक विक्रेताले प्राप्त गर्ने बताए । यसले डिजिटल बैंकीङ्ग कारोवारलाई समेत प्रोत्साहन हुने विश्वास व्यक्त गरे ।

यो साझेदारीले वी च्याट पे मार्फत कारोवार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको छ । अब आगन्तुकहरूले आफ्नो वी च्याट पे डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त यस एनएमबि बैंक मार्फत नेपालमा सिधै आधिकारीक कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

हालसम्म बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?