National life

एनएमबि बैंक र एसिएन बीच सहकार्य सम्झौता, के-के छन् सम्झौतामा ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|०७ जेठ २०८२, बुधबार
1.2kShares
एनएमबि बैंक र एसिएन बीच सहकार्य सम्झौता, के-के छन् सम्झौतामा ?
ncell

काठमाडौं । एनएमबि बैंक र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एसिएन) बीच विशेष सहकार्यको सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतामार्फत एसिएनमा आबद्ध सदस्यहरूलाई लक्षित गर्दै बैंकले विशेष वित्तीय सेवा तथा सुविधाहरू प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। यस सहकार्यले एनएमबि बैंकको समावेशी र मूल्य–आधारित बैंकिङ अभ्यासलाई थप सुदृढ गर्दै नेपालका पेशागत समुदायलाई सशक्त बनाउन टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

बैंकले वित्तीय साक्षरता अभिवृद्धि र आर्थिक विकासमा पेशागत वर्गको योगदानलाई कदर गर्दै सदस्यहरूका लागि विशेष सेवा र कर्जा योजनाहरू ल्याएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौताअनुसार, एसिएन सदस्यहरूले कर्जा लिँदा प्रशासनिक शुल्कमा छुट, सजिलो कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड, ग्रीन सेभिङ खाता, तथा अन्य डिजिटल र कार्ड सेवाहरूको लाभ लिन सक्नेछन्। साथै, प्राथमिक बैंकिङ सुविधाअन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन सेवा र विशेष सुविधाहरू समेत उपलब्ध हुने बैंकले जनाएको छ।

एनएमबि बैंकका अनुसार यो सहकार्य बैंकको सेवा विस्तारको रणनीति अन्तर्गत पेशागत वर्गलाई लक्षित गर्दै दीगो र पहुँचयोग्य बैंकिङ समाधान प्रदान गर्ने उद्देश्यका साथ गरिएको हो।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?