National life

एनएमबी बैंकले मुद्दति निक्षेपमा अधिकतम १०.९८ प्रतिशत ब्याजदर दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
715Shares
एनएमबी बैंकले मुद्दति निक्षेपमा अधिकतम १०.९८ प्रतिशत ब्याजदर दिने
ncell

काठमाडौं । एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले १० वर्ष र त्योभन्दा माथिको मुद्दति निक्षेपमा १०.९८ प्रतिशत ब्याजदर दिने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अघि यसअघि ९.९९ प्रतिशत ब्याजदर रहेको थियो। बैंकले ३ देखि ६ महिनाको व्यक्तिगत मुद्दति निक्षेपमा ब्याज ९ प्रतिशत ब्याजदर दिने भएको छ । जुन यस अघिको ब्याजदर भन्दा कम हो। त्यस्तै ६ देखि ९ महिनाकोमा ९.१ र ९ महिनादेखि १ वर्षसम्मको मुद्दति निक्षेपमा ९.२५ प्रतिशत पुर्याएको छ ।

बैंकले रेमिट्यान्ससम्बन्धी एनएमबी जन्मभूमि बचत खातामा बैंकले ८.९८ प्रतिशत ब्याज दिने भएको छ । त्यसैगरी १ देखि २ वर्षको ९.५ प्रतिशत र २ देखि १० वर्षको मुद्दति निक्षेपमा ९.७५ प्रतिशत ब्याज प्रदान गरिने जानकारी दिएको छ । बैंकले साधारण बचतका विभिन्न खातामा ५.९८ देखि ७.९७ प्रतिशत ब्याज तोकिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?