National life

एनएलजी इन्स्योरेन्सको विशेष सभा आह्वान, हकप्रदको प्रस्ताव पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असोज २०८१, शुक्रबार
670Shares
एनएलजी इन्स्योरेन्सको विशेष सभा आह्वान, हकप्रदको प्रस्ताव पारित
ncell

काठमाण्डौ। एनएलजी इन्स्योरेन्स कम्पनीले विशष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक ७ गते बुधबारका दिन सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभा काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङ्केटमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ। सभाले ६२.५६ प्रतिशत हकप्रद निष्काशनकको प्रस्ताव पारित गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको २०८० साउन १५ गते बसेको विशेष साधारण सभाबाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजारमा प्रत्येक १० कित्ता सेयरमा ६.६ (६६ प्रतिशत) ले हुन आउने रकम बरावरको प्रति कित्ता रु १०० अंकित दरको हकप्रद सेयर जारी गर्न विशेष प्रस्ताव पारित भएको थियो।

उक्त ६६ प्रतिशत हकप्रद सेयरको निष्काशनको स्वीकृती प्राप्त नहुदै कम्पनीको २०८० फागुन ३ गते सम्पन्न १८ औं वार्षिक साधारण सभावाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार को ५.५० प्रतिशत लाभांशको रुपमा बोनस सेयर पारित भई १ खर्ब ५३ करोड ९५ लाख ३५ हजार चुक्तापूँजी कायम भएको थियो ।

उक्त बोनस शेयर वितरण पश्चात कायम भएको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६२.५६ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्दा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार भई न्यूनतम तोकिएको चुक्ता पूँजी कायम गर्न सकिने भएकोले र पुर्व घोषित ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा हुने हकप्रद सेयरको कूल कित्तामा समेत तात्विक फरक नपर्ने भएकाले पूर्व निर्णय पुनरावलोकन गरिएको कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
670SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?