काठमाडौं ।उत्कृष्ट बीमा कम्पनीको रुपमा एनएलजी इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ । ग्रोथ सेलर्स प्रा.लिले आयोजना गरेको सेल्स समिटमा एनएलजी इन्स्योरेन्स कम्पनीलाई सम्मानित गरिएको हो । कम्पनीको व्यवस्थापनको तर्फबाट अन्जन ढकाललाई उत्कृष्ट बीमा कम्पनीको रुपमा ट्रफीसहित सम्मानित गरिएको थियो ।
मानव संसाधन विकासका क्षेत्रमा काम गर्दै आएको ग्रोथ सेलर्स प्रा.लिले गत आवमा कम्पनीले उत्कृष्ट व्यसाय गरेका बीमा कम्पनीहरुको तर्फबाट एनएलजीलाई सम्मान गरिएको हो ।

सेल्स र मार्केटिङमा उत्कृष्ट कार्य सम्पादन गर्दै नेपाली व्यावसायिक क्षेत्रमा सकारात्मक कार्य प्रस्तुत गर्ने व्यक्ति तथा संस्थालाई सम्मानित उद्देश्यसहित यस वर्षदेखि कार्यक्रममा अवार्डस सेरोमनी पनि समाविष्ट गरिएको थियो । यसअन्तर्गत कार्यक्रममा ११ संस्था तथा १० व्यक्तिलाई सेल्स र मार्केटिङ का विभिन्न विधामा अवार्डबाट सम्मानित गरिएको थियो ।



































