National life

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ फागुन २०८१, शुक्रबार
729Shares
एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार फागुन २३ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमध्ये १८ इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यसमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकले १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गरेको हो । यसमा वार्षिक ७।५० ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गरेको छ ।

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
729SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?