National life

एभरेष्ट बैंक खुद नाफा ७८ करोड, प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ कात्तिक २०८०, शुक्रबार
615Shares
एभरेष्ट बैंक खुद नाफा ७८ करोड, प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाडाैं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९.४५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ८६ करोड २२ लाख रुपैयाँ थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ थियो। यो बैंकको वार्षिकीकृत वितरणयोग्य मुनाफा ४२.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यही अवधिमा वार्षिकीकृत वितरणयोग्य मुनाफा ४४ प्रतिशत माथि रहेको थियो ।

बैंकले १ अर्ब ११ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब २३ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ९.४५ प्रतिशतले घटेको हो।

समीक्षा अवधिमा बैंकले १ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ८८ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ०.३२ प्रतिशतले बढेको छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ०.९० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.३३ प्रतिशतमा सीमित थियो।

बैंकले समीक्षा अवधिसम्म २ खर्ब १३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म भने १ खर्ब ९८ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब बढी कर्जा परिचालन गरेको थियो।

अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो वर्ष २१.४५ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर २९.१९ रुपैयाँको उचाईमा पुगेको हो ।

रिटर्न अन इक्वीटी(ROE) भने अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष १४.७३ प्रतिशत रहेको रिटर्न अन इक्वीटी घटेर यो वर्ष १२.०५ प्रतिशतमा सीमित बन्न पुगेको हो ।

यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?