National life

एमडीआरटीको लागि सूर्यज्योति लाइफबाट ४० जना योग्य, २ जना COT बन्न सफल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ पुस २०८१, बुधबार
914Shares
एमडीआरटीको लागि सूर्यज्योति लाइफबाट ४० जना योग्य, २ जना COT बन्न सफल
ncell

काठमाडौं। अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ४० जना उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका छन।

उक्त ४० जना मध्ये गौरव कुमार शाही र दिपक सापकोटा कोर्ट अफ द टेबल (COT) का लागी योग्य भएका छन। गौरव कुमार शाही COT मा दोश्रो पटक छनौट हुन सफल भएका हुन।

जस अनुसार कोशी प्रदेश बाट २ जना, मधेस प्रदेश बाट १ जना, बागमती प्रदेश बाट १७ जना, गण्डकी प्रदेश बाट ५ जना, लुम्बिनी प्रदेश बाट ८ जना, कर्णाली प्रदेश बाट ५ जना र सुदुर पश्चिम प्रदेश बाट २ जना गरी जम्मा ४० जना छनौट भएका हुन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) का लागि छनौट हुन सफल ४० जना सबैलाई मकाउमा आयोजना हुने विश्वभरका अभिकर्ताहरुको भेलामा नेपालको प्रतिनिधित्व गर्दै नेपाल र सूर्यज्योति लाइफको झण्डा फहराउन अवसर प्राप्त गरेका अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरेका छन। प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनि संग आबद्ध भएका हजारौ कर्मठ, लगनशिल र मेहनति अभिकर्ताहरु प्रति पनि कृतज्ञता ब्यक्त गर्दै आगामी दिनमा उत्कृष्टता हाँसिल गर्न आग्रह गरेका छन।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पूँजी रु.५०१ करोड, कुल लगानी ४,१५२ करोड, जीवन बीमा कोष ३,६०५ करोड, जारी बीमालेख संख्या ३१ लाख , प्रशिक्षित अभिकर्ता संख्या ९९,५४५ र देश भर रहेका १७६ शाखा संजाल द्वारा सेवा प्रदान गरी रहेको छ। बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुबिधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्दै पहिलो ISO 9001-2015 प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनि बन्न पनि सफल भएको छ।

साथै कम्पनीले नियमनकारी निकायद्वारा तोकिएको निर्धारित समयावधि भित्रै आर्थिक वर्ष २०८०/८१ को बार्षिक साधारण सभा यहि पौष ६ गते सम्पन्न गर्दै शेयरधनीहरुका लागि २० प्रतिशत नगद लाभांस समेत बितरण गरीसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
914SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?