काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का १३१ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी छनौट हुन् सफल भएका छन् ।
अभिकर्ताहरूको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी उल्लेखित संख्यामा एमडीआरटी बन्न सफल भएका हुन्।
नेपाली जीवन बीमा कम्पनीहरूमध्ये सन् २०२५ को एमडीआरटीको लागि एलआइसी नेपालका सबैभन्दा बढी अभिकर्ताहरू छनौट भएका छन्। एलआइसी नेपालकी प्रभा ज्ञवाली, पूर्ण बहादुर खड्का र राम बहादुर अधिकारीसहित तीन जना अभिकर्ता सन् २०२५ को टीओटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।
त्यस्तै, एलआइसी नेपालको देश भरी सञ्चालनमा रहेका सयौँ शाखा कार्यालयबाट १४ जना सीओटी र ११४ जना एमडीआरटी सहित समग्रमा १३१ जना अभिकर्ताहरू एमडीआरटी छनौट भएका हुन् ।































