National life

एलआईसी नेपालको नयाँ बोनसदरः ५१ रुपैयाँ देखि ५३ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० चैत २०८१, बुधबार
626Shares
एलआईसी नेपालको नयाँ बोनसदरः ५१ रुपैयाँ देखि ५३ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने
ncell

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै नयाँ बोनसदर सार्वजनिक गरेको छ।

बीमा प्राधिकरणको चैत १७ गतेको पत्रमार्फत स्वीकृत भएसँगै बीमालेखहरुमा दिने बोनसदर प्रतिहजार न्यूनतम ४१ रुपैयाँदेखि ६५ रुपैयाँसम्म घोषणा गरेको हो। कम्पनीले जीवन बीमा, जीवन साथी, जीवन श्री बीमा योजनामा बीमालेखको अवधि अनुसार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ५३ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ।

सावधिक बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म र जीवन आनन्द बीमा योजनामा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै बाल सावधिकमा ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म, धन वृष्टि बीमा योजनामा न्यूनतम ५५ र अधिकतम ५७ रुपैयाँ बोनस दिने भएको छ।

त्यस्तै कम्पनीले जीवन तरङ्ग बीमा योजनामा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, न्यू जीवन तरङ्ग बीमा योजनामा ५० रुपैयाँदेखि ५५ रुपैयाँसम्म, जीवन बचत बीमा योजनामा ४१ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। यो बोनसदर नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था नभएसम्मको लागि कायम रहने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिहजार १० वर्ष अवधिका लागि ५१ रुपैयाँ, १५ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० वर्ष अवधिका लागि ५५ रुपैयाँ र २५ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो । यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै १५ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको ८११ वटा बीमालेख खरिद भएका हुन्।

 

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?