National life

एलआइसी नेपालले खुला गर्यो सेयर लिलामी बिक्री, कहिले सम्म दिन सकिन्छ आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ माघ २०८१, सोमबार
640Shares
एलआइसी नेपालले खुला गर्यो सेयर लिलामी बिक्री, कहिले सम्म दिन सकिन्छ आवेदन ?
ncell

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले आज सर्वसाधारण समूहको लागि ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आवेदन दिने अन्तिम म्याद फागुन ५ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।

यसअघि कम्पनीले २ करोड ३४ लाख ६८ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।

यसमा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ कार्यालय लेखनाथमार्ग ठमेल काठमाडौं तथा एलआइसी नेपालका बिराटनगर, विरगञ्ज, काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?