National life

एसवाई प्यानल लिमिटेडले आईपीओ जारी गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ भदौ २०८२, आइतबार
1KShares
एसवाई प्यानल लिमिटेडले आईपीओ जारी गर्दै
ncell

काठमाडौँ। एसवाई प्यानल लिमिटेडले यही भदौ २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको १०० रुपैयाँ अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो ।

जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरका २ लाख ६१ हजार ६२७ सय कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात ४ लाख ९७ हजार ९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ ।

Royal Enfield
nic asia capital

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा असोज १२ गते र ढिलोमा असोज २७ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गते बैंकिङ समयपछि हुनेछ ।

उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले एसवाई पयानलको रत्नगर चितवनको कार्यालय, प्रभु क्यापिटलको कमलादी र प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन वेबसाइटबाट र प्रभु बैंकको सौराहा र टाँडी शाखाबाट आवेदन दिन सक्नेछन्।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र उद्योग प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

कम्पनीले दोस्रोचरण अन्गगर्त आम सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर जारी गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?