काठमाडौं। एसियन लाइफ इन्सुरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष(२०७९/८०) को चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा १७.६८प्रतिशतले घटेर २४ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २९ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको जीवन बिमा कोषको आकार १६.८०प्रतिशतले बढेर ३६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यता, एसियन लाइफको खुद बिमा शुल्क आर्जन पनि ०.१०प्रतिशतले बढेर ६ अर्ब ८४ करोड रुपैयाँ भएको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ८२ पैसा छ ।


































