National life

एसियाकै दोस्रो कान्छा प्रधानमन्त्री बन्दै बालेन, यी हुन् विश्वकै सबैभन्दा कान्छा प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२६ फागुन २०८२, मङ्गलबार
2.6kShares
एसियाकै दोस्रो कान्छा प्रधानमन्त्री बन्दै बालेन, यी हुन् विश्वकै सबैभन्दा कान्छा प्रधानमन्त्री
ncell

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गर्दै करिब दुईतिहाइ नजिकको बहुमत ल्याउने गरी प्रभावशाली मतपरिणाम हासिल गरेको छ ।

निर्वाचनअघि नै पार्टीले आफ्ना वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै मत मागेको थियो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेपछि संविधानअनुसार सरकार गठन र प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्नेछ।

नेपाली राजनीतिको इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेनले विश्व जगतमै गर्व गर्न लायक रेकर्ड बनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राास्वपाका अनुसार अबको केही दिनमै बालेन एसियाकै दोस्रो कान्छा प्रधानमन्त्री बन्ने छन् ।

को हुन् एसियाका सबैभन्दा कान्छा प्रधानमन्त्री ?

एसियामा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने रेकर्ड भने पाकिस्तानाकी बेनजिर भुट्टोले तोडिसकेकी छिन् । उनले सन् १९८८ मा ३५ वर्षको उमेरमा पाकिस्तानको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। उनी मुस्लिम बहुल देशको पहिलो महिला प्रधानमन्त्री समेत बनेकी थिइन्।

त्यतिबेला पाकिस्तानमा सैनिक शासक जियाउलहकको मृत्यु भएपछि सन् १९८८ मा आमनिर्वाचन भएको थियो। सो निर्वाचनमा पाकिस्तान पिपुल्स पार्टी सबैभन्दा ठूलो दल बनेपछि भुट्टो एसियाकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी थिइन्।

एसियाकै दोस्रो कान्छा प्रधानमन्त्री बन्दै बालेन

अबको केही दिनमा रास्वपाका बरिष्ठ नेता बालेन साह एसियाकै दोस्रो कान्छा प्रधानमन्त्री बन्ने तयारी छ। निर्वाचन आयोग नेपालको विवरणअनुसार बालेन्द्र शाहको उमेर हाल ३६ वर्ष रहेको छ ।

यदि उनी प्रधानमन्त्री बने भने एसियामा कम उमेरमा निर्वाचित प्रधानमन्त्री बन्ने सूचीमा उनको नाम दोस्रो स्थानमा रहने छ।

यी हुन् विश्वमै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री भएर रेकर्ड राखेका व्यक्तीहरु

विश्व राजनीतिक इतिहासमा सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका नेता भने सेबास्टियन कुर्ज हुन्। अस्ट्रियामा प्रधानमन्त्री सरहको पदलाई चान्सलर भनिन्छ।

कुर्ज सन् २०१७ मा मात्र ३१ वर्षको उमेरमा चान्सलर बनेका थिए। उनलाई आधुनिक इतिहासमा सबैभन्दा कम उमेरमा सरकार प्रमुख बन्ने व्यक्तिका रूपमा उल्लेख गरिन्छ।

यस्तै एसियामा हेर्ने हो भने कम उमेरमा प्रधानमन्त्री बन्ने नेतामध्ये पेतोङतार्न शिनावात्रा पनि पर्छिन्। उनले ३७ वर्षको उमेरमा थाइल्यान्डको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।

सन् १९८६ अगस्ट २१ मा जन्मेकी उनले सन् २०२४ अगस्ट १६ मा प्रधानमन्त्री पद सम्हालेकी थिइन्। उनी पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी हुन्। तर पदसम्बन्धी नैतिकता उल्लङ्घन गरेको ठहर गर्दै थाइल्यान्डको संवैधानिक अदालतले निर्णय दिएपछि सन् २०२५ अगस्टमा उनी पदमुक्त भएकी थिइन्।

यस्तै , युरोपको फिनल्याण्डकी नेतृ सान्ना मारिन पनि विश्वका कम उमेरमा प्रधानमन्त्री बनेका नेतामध्ये एक हुन्।

उनी सन् २०१९ मा ३४ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन्। यससँगै उनी विश्वकै कम उमेरमा प्रधानमन्त्री बन्ने महिला नेतृका रूपमा चर्चित बनेकी थिइन्।

यो समाचार शेयर गर्नुहोस्
2.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?