काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा ओरिएन्टल इन्स्योरेन्सले ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
बुधवारका दिउँसो इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको गत अपरिष्कृत वार्षिक वित्तीय विवरण अनुसार एक वर्षको अवधिमा ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा भने ८३.३७ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३२ करोड ५१ लाख नाफा गरेको थियो । २०८१ असार अन्त्यसम्ममा कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा गत वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५७.४३ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ८८ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै, वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३२ करोड ५१ लाख नाफा गरेको सार्वजनिक विवरणमा उल्लेख भएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ८३.३७ प्रतिशतले बढोत्तरी आएको छ ।






































