National life

औषधि व्यवस्थापनमा लापरबाही, राज्यको करोडौं लगानी खेर

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
1.3kShares
औषधि व्यवस्थापनमा लापरबाही, राज्यको करोडौं लगानी खेर
ncell

काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा औषधि र स्वास्थ्य सामग्री व्यवस्थापनमा कमजोरी देखिँदा ठूलो मूल्य बराबरका सामग्री म्याद गुज्रिएर प्रयोगयोग्य नभएको पाइएको छ।

महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनअनुसार विभिन्न निकायहरूमा करिब ९ करोड १७ लाख रुपैयाँ बराबरका औषधि तथा स्वास्थ्य सामग्रीको म्याद समाप्त भएको उल्लेख छ।

प्रतिवेदनले स्वास्थ्य सेवा विभाग, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत संस्थाहरूमा भण्डारण र आपूर्ति व्यवस्थापनमा लापरबाही देखिएको जनाएको छ।

स्वास्थ्य सेवा विभागमा मात्र अघिल्ला वर्षहरूमा खरिद गरिएका २८ प्रकारका औषधि, जसको मूल्य करिब ४ करोड ७२ लाख रुपैयाँ छ, म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा ४७ लाख ७० हजार रुपैयाँ बराबरका औषधि र वीर अस्पतालमा ६०१ प्रकारका करिब १ करोड ४३ लाख रुपैयाँका सामग्री उपयोगहीन बनेका छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि ठूलो परिमाणमा औषधि म्याद गुज्रिएको पाइएको छ भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा समेत म्याद नाघेका सामग्री थुप्रिएको प्रतिवेदनमा उल्लेख छ।

सम्झौताअनुसार म्याद सकिएका वा प्रयोगमा नआएका औषधि आपूर्तिकर्ताले प्रतिस्थापन गर्नुपर्ने व्यवस्था भए पनि त्यसको पालना नहुँदा सरकारी लगानी खेर गएको महालेखाले औंल्याएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?