National life

कतै तपाई सामान किन्दा ठगिनु भएको त छैन ? यसरी गर्नुहोस् उजुरी 

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ साउन २०८०, सोमबार
732Shares
कतै तपाई सामान किन्दा ठगिनु भएको त छैन ? यसरी गर्नुहोस् उजुरी 
ncell

काठमाडौं । तपाई सामान किन्दा कसरी किन्नुहुन्छ ? के तपाईँ आफुुले किन्ने सामानको बारेमा पूर्व जानकारी लिनुहुन्छ? ? कतै तपाई ठगिनुभएको त छैन?  तपाई दैनिक उपभोग्य सामान कसरी खरिद गर्नुअघि समय गुज्रिएको छ–छैन, उपभोग गर्न मिल्ने छ–छैन, मुल्यसुुची छ कि छैन हेर्नुहुन्छ ? हेर्नुहुन्न भने आजै देखि हेरेर जाँचेर किन्ने गर्नुहोस् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताले आफूले उपभोग गर्ने दैनिक उपभोग्य सामान खरिद गर्दा उपभोक्ता आफै चनाखो भएर खरिद गर्न आग्रह गरेको छ । उपभोक्ता चनाखो भई किन्न खोज्दा पनि बिक्रेताले अटेर गरेमा, म्याद गुज्रिएका सामानहरू बिक्री गरेको थाहा पाएमा विभागमा उजुरी गर्न समेत उपभोक्तालाई आग्रह आग्रह गरेको छ ।

मूल्यमा कुनै आवान्छित तबरले अर्थात् कानुन बमोजिम मूल्य गरेमा,  म्याद गुज्रिएको सामान बेचबिखन गरेको पाइएमा, प्रक्रिया पुरा नगरी व्यापार ब्यावसाय सञ्चालन गरेको पाइएमा विभागले कारबाही गर्ने तथा  १ लाख सम्मको जरिवाना तिराउन सक्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

  कसरी उजुरी गर्ने ? 

विभागको वेबसाइटमा गएपछि CRMIS कन्ज्युमर राइट्स इन्फरमेसन सिस्टम छ। त्यसमा आफूले लिएको बिलको फोटो सहित आफ्नो उजुरी पठाउन सकिन्छ । ११३७ टोल फ्री नम्बरमा कल गरेर पनि गुनासो गर्न सकिन्छ भने विभागमै गएर उजुरी गर्न सक्ने व्यवस्था रहेको छ ।

कसरी नियन्त्रण गर्न सकिन्छ कालो बजारी ? 

बजारमा मौलाइरहेको कालोबजारीलाई रोक्न उपभोक्ता नै सचेत हुनुपर्ने विभागका प्रवक्ता भट्टराईले बताएका छन् । मौलाइरहेको कालोबजारीको विषयमा अनुगमनले मात्रै नपुग्ने बताउँदै उपभोक्ताले सचेत भएर खरिद गरे केही हदसम्म  नियन्त्रण गर्न सकिने उनको भनाई छ ।

सबै खाले पसलमा अनिवार्य रूपमा मूल्य सूचि राख्नुपर्ने बताउँदै, बजारमा बिक्रेताले मुल्यसुचि बिना बिक्री वितरण गरेको पाइएमा उचित कारबाही तथा  १ लाख सम्मको जरिवाना तिराउन सक्ने प्रावधान रहेको उनको भनाई छ । सबै पसलमा मुल्यसुचि नहुन सक्छ, उनले भने हामी सबै पसलमा नपुग्न सक्छौँ यस्तो भएको खण्डमा पनि उपभोक्ता सचेत हुनुपर्छ।, जीवनयापन सँग सम्बन्धित खरिदमा उपभोक्ताले खरिद गर्ने सामानको मूल्य पूर्व जानकारी हुनुपर्छ ।, त्यसैले उपभोक्ता चनाखो भएर सामान किन्नुपर्छ ।’

यो आर्थिक वर्षमा अनुगमनलाई थप प्रभावकारी बनाउन प्रत्येक पालिकाका वार्डहरूबाट नै अनुगमनको ब्यावथा गरी अनुगमन गर्ने तथा उपभोक्तालाई नै सचेत बनाउन उद्योग वाणिज्य सङ्घ तथा व्यवसायी संघका छाता सङ्गठनहरूसँग सहकार्य गरेर अन्य  सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको भट्टराईले बताए । जिम्मेवार बिक्रेता जागरूक उपभोक्ता हुनुपर्ने भन्दै उपभोक्ता आफू सचेत भई आफूले उपभोग गर्ने बस्तु वा सेवाको बारेमा पूर्ण जानकारी नलिईकन खरिद नगर्न उभोक्तालाई आह्वान समेत गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
732SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?