National life

करिब १ प्रतिशत घट्यो नेप्से: ९ उपसमूहको परिसूचकमा गिरावट कस्तो छ अन्य सूचक ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ फागुन २०८१, शनिबार
568Shares
करिब १ प्रतिशत घट्यो नेप्से: ९ उपसमूहको परिसूचकमा गिरावट कस्तो छ अन्य सूचक ?
ncell

काठमाडौँ । गत साता २६९९.८१ विन्दुमा बन्द भएको नेप्से परिसूचक यस साता करिब १ प्रतिशत घटेर बन्द भएको छ।

यस साता ०.७९ प्रतिशत अर्थात् २१.३४ अंक घटेर २६७८.४७ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस साता मङ्गलवार र बुधवार नेप्से बढेर बन्द भएको थियो। यस साता सेन्सेटिभ इण्डेक्स ४.५९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक घटेको छ।नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ।

गत साता दैनिक औषतमा १० अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ८५ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २४.४७ प्रतिशत घटेको हो।

यस साता नेप्सेको कुल बजार पुँजीकरण ०.७३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ३२ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको छ।

nic asia capital

त्यस्तै, १३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.६९ प्रतिशत बढेको छ। गत साता २७२२.३९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ७३.२८ अंक बढेर २७९५।६७ विन्दुमा पुगेको छ।

यस साता वित्त र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। गत साता ७१६२.८९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १९१.४० अंक घटेर ६९७१.४९ विन्दुमा झरेको छ। यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २५२.०८ अंक घटेको छ।

यस साता नेप्सेमा १३ करोड ५२ लाख १० हजार ४८९.१८ कित्ता शेयर सूचीकृत भएको छ। यस साता गरिमा समृद्धि योजनाको १२ करोड ५० लाख इकाई र सोल्टी होटल, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र मन्दाकिनी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

गत साता १ हजार ३८५ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार २०० रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब साढे १३ प्रतिशत बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?