National life

कर्जा लगानीमा साढे दुई खर्बको बढोत्तरी, शेयर धितो कर्जामा मात्रै २७% को वृद्धि, अन्यमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ फागुन २०८१, मङ्गलबार
642Shares
कर्जा लगानीमा साढे दुई खर्बको बढोत्तरी, शेयर धितो कर्जामा मात्रै २७% को वृद्धि, अन्यमा कति ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो।

माघ मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड (५.६ प्रतिशत) ले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ९७ अर्ब २१ करोड (४.१ प्रतिशत) ले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ । माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.२ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.९ प्रतिशतले, विकास बैंकहरुको ३.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ। त्यस्तै, घर जग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.६ प्रतिशत र ६७.६ प्रतिशत रहेको थियो।

चालु आवको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जामा ९.५ प्रतिशत, निर्माण क्षेत्रतर्फ कर्जा ९.० प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ कर्जा ४.४ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ३.६ प्रतिशत, मार्जिन प्रकृतिको कर्जामा २७.८ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ६९.५ प्रतिशत, हायर पर्चेज कर्जा ४.५ प्रतिशत, नगद प्रवाह कर्जा ३.७ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?