National life

कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत सम्हार गर्न माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० जेठ २०८१, बुधबार
735Shares
कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत सम्हार गर्न माग
ncell

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत सम्हार गर्न माग गरिएको छ। पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको संसदमा आवाज उठेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद् सीताकुमारी रानाले झोलुङ्गे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट वञ्चित हुनु परेको बताइन् । आइतबार कर्णालीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १३ खच्चर दुर्घटनामा परेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सांसद् रानाले पुल तुरुन्तै मर्मत सम्हार नगरे मानवीय दुर्घटना हुनसक्ने भन्दै सरकारको ध्यानार्कषण गराइन् । “सरकारले जतिसक्दो छिटो प्राविधिक टोली पठाएर कर्णालीको पुल मर्मत गर्नुपर्ने स्थिति छ”, उनले भनिन्, “होइन भने प्राकृतिक प्रकोपले झनै स्थिति नाजुक हुन सक्छ । कर्णालीका बासिन्दालाई सरकार छ भन्ने आभास होस् ।

यो समाचार शेयर गर्नुहोस्
735SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?