National life

कर्फ्यु र निषेधाज्ञा हट्यो,आम नागरिक आफ्नो पेसा व्यवसायमा फर्किए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ भदौ २०८२, शनिबार
394Shares
कर्फ्यु र निषेधाज्ञा हट्यो,आम नागरिक आफ्नो पेसा व्यवसायमा फर्किए
ncell

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

विज्ञप्तिमा सुरक्षा संवेदनशीलताको आधारमा भदौ २६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्रसम्बन्धी आदेश भने कायमै रहेको जनाइएको छ ।

आम नागरिक आफ्नो पेसा व्यवसायमा फर्किएका छन् ।

Royal Enfield
nic asia capital
शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।

गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
394SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?