National life

कर्मचारी सञ्चयकोषबाट साउन १ गतेदेखि लागू हुने नयाँ ब्याजदर निर्धारण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३२ असार २०८२, बुधबार
1.4kShares
कर्मचारी सञ्चयकोषबाट साउन १ गतेदेखि लागू हुने नयाँ ब्याजदर निर्धारण
ncell

काठमाडौं । कर्मचारी सञ्चय कोषले भोलि साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर  निर्धारण गरेको छ ।

कोष सञ्चालक समितिको निर्णय बमोजिम यही २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ः०० (पाँच दशमलव शून्य) निर्धारण गरिएको छ ।

https://www.youtube.com/watch?v=OvTe0TCsNbU&t=30s

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, कोषले सञ्चयकर्ताहरूलाई प्रदान गर्ने सापटीहरूमा लिने ब्याजदरमध्ये विशेष सापटीमा ६.२५ (छ दशमलव दुई पाँच) प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ (सात दशमलव दुई पाँच) प्रतिशत र जग्गा खरिद सापटी तथा सरल सापटीमा ७.५० (सात दशमलव पाँच शून्य) प्रतिशत निर्धारण गरिएको छ

विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्ताृहरूको हकमा ०.२५ (शून्य दशमलव दुई पाँच) प्रतिशतले छूट ९च्भदबतभ० दिने व्यवस्था गरिएको छ ।

https://www.youtube.com/watch?v=-qy9I45mq3M&t=187s

कोषले सञ्चयकर्ताहरूलाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि रू. एक करोडसम्म र घर मर्मत गर्नका लागि रू. ३० लाखसम्म सापटी प्रदान गर्ने गरेको छ ।

यस्तै, कोषले सञ्चयकर्ता स्वयम् वा पति÷पत्नी वा छोरा÷छोरीलाई उच्च शिक्षा अध्ययन गर्ने÷गराउने प्रयोजनका लागि शैक्षिक सापटी रू. ४० लाखसम्म र सञ्चयकर्ताको सेवाअवधिमा भैपरी आउने कार्यका लागि दिइने सरल सापटी रू. ६० लाखसम्म प्रदान गर्दै आएको छ ।

साथै, कोषले सञ्चयकर्ताहरूको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्मको रकम विशेष सापटीको रूपमा प्रदान गर्ने गरेको छ ।

https://www.youtube.com/watch?v=P7U4DorPI9Q&t=23s

कोषबाट चालू आर्थिक वर्षमा १ लाख ५८ हजार ३४४ सञ्चयकर्ताले विशेष सापटी, १ लाख १४ हजार ४५६ सञ्चयकर्ताले कोष भुक्तानी, २ हजार ९२६ सञ्चयकर्ताले धितोमा आधारित सापटी, २५ हजार २९८ सञ्चयकर्ताले सामाजिक सुरक्षा सुविधा र १ हजार ७९१ सञ्चयकर्ताले योगदानमा आधारित निवृत्तभरण भुक्तानी लिएका छन् ।

काठमाडौं उपत्यका सहित सातै प्रदेशमा रहेका कोषका शाखा कार्यालय र सेवा केन्द्रहरू मार्फत सञ्चयकर्ताहरूलाई विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी र जग्गा खरिद सापटी प्रदान गर्ने कार्य हुँदै आएको छ ।

https://aarthikvoice.com/archives/9049

हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र सङ्गठित क्षेत्र तथा सामुदायिक एवम् संस्थागत विद्यालयतर्फका गरी करिव ५ लाख ८० हजार सञ्चयकर्ता र करिव ९९ हजार ३९१ योगदानकर्ता गरी कूल ६ लाख ७९ हजार ३९१ सञ्चयकर्ता र योगदानकर्ताहरू आवद्ध रहेका छन् ।

 

 

 

 

दामोदर प्रसाद सुवेदी

प्रवक्ता

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?