National life

कर्मचारी सञ्चय कोषमा आबद्ध हुनेलाई सुविधै सुविधा, औषधोउपचारदेखी कर्जा सापटीसम्म

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
4.1kShares
कर्मचारी सञ्चय कोषमा आबद्ध हुनेलाई सुविधै सुविधा, औषधोउपचारदेखी कर्जा सापटीसम्म
ncell

आर्थिक भ्वाइस संबाददाता

काठमाडौं । कर्मचारी सञ्चय कोष नेपालको सरकारी, निजी र सार्वजनिक क्षेत्रका कर्मचारीको लागि हितकारी कोष हो । सैनिकहरुको सेवा निवृत्त जीवनमा आर्थिक राहत पुर्‍याउने उद्देश्यले पहिलो पटक वि.स. १९९१ मा सैनिक द्रब्यकोषको स्थापना भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोषको प्रभावकारिता वृद्धि भएपछि वि.स. २००१ सालमा निजामती कर्मचारीहरूका लागि निजामती ‘प्रोभिडेन्ट फण्ड’को स्थापना भएको हो । ती दुवै व्यवस्थालाई एकिकृत गरी २०१७ सालमा अर्थ मन्त्रालय अन्तर्गत कर्मचारी सञ्चय कोष विभागको स्थापना भयो ।

२०१९ सालमा ‘कर्मचारी सञ्चय कोष’ नामक एक विशेष अधिनियम ऐन लागु भएको थियो । त्यसै वर्ष विद्यामान कर्मचारी सञ्चय कोष एक स्वायत्त सङ्गठनको रूपमा आधिकारिक रूपमा स्थापित भएको थियो ।

सञ्चय कोष, निवृत्तिभरण कोष र अन्य सामाजिक सुरक्षा योजनाको व्यवस्थापनको माध्यमबाट कोषलाई सरकारी तथा सार्वजनिक क्षेत्रको एकिकृत सामाजिक सुरक्षा संस्थाको रूपमा विकास गर्ने दुरदृष्टिका साथ सुरु भएको कोषले सञ्चित भएको रकम पूर्वाधार लगायतका विभिन्न क्षेत्रहरूमा लगानी गर्दै आइरहेको छ ।

सञ्चय कोषले के गर्छ ?

–सञ्चय कोष व्यवस्थापन
– निवृत्तिभरण कोष व्यवस्थापन
– सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन
– सञ्चयकर्ता कर्जा तथा सापटी कार्यक्रम सञ्चालन

सामाजिक सुरक्षा कार्यक्रममा सुविधा के–के छन्?

दुर्घटना क्षतिपूर्ति योजना

कुनै पनि सञ्चयकर्ता दुर्घटनामा परी मृत्यु भएको तथा पूर्ण अङ्गभङ्ग भएमा निजको हकवालालाई अवस्थामा कोषले दुर्घटना क्षतिपूर्ति प्रदान गर्छ । सुरुमा ५० हजारबाट सुरु गरिएको यस सुविधामा हाल २ लाख रुपैयाँको क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था रहेको छ ।

काजक्रिया अनुदान खर्च

कुनै सञ्चयकर्ताको सेवाकालमा नै कुनै कारणले मृत्यु भएमा मृतक सञ्चयकर्ताको हकवालालाई काजक्रिया अनुदान दिने गरिन्छ । सुरुमा १५ हजार बाट सुरु भएको यो अनुदान वृद्धि गरी हाल ४० हजार रुपैयाँ पुर्‍याइएको छ ।

सञ्चयकर्ता औषधोउपचार योजना

कोषले सञ्चयकर्तालाई सामान्य रोग वा घातक रोग लागेको खण्डमा औषधोउपचार गर्छ । समयमा तोकेको अस्पतालमा उपचार गराउँदा सञ्चयकताकर्ताको सामान्य उपचारतर्फ एक लाख रुपैयाँसम्म र घातक रोग रोगको हकमा १० लाख रुपैयाँसम्मको खर्च शोधभर्ना दिने व्यवस्था छ ।

सुत्केरी तथा शिशु हेरचाह योजना

२०७२ सालबाट सुरु भएको महिला सञ्चयकर्ता आफैँ वा सञ्चयकर्ताको श्रीमती सुत्केरी भएमा कोषले नोकरी अवधिभर शिशु स्याहार गर्न सेवा अवधिमा अधिकतम दुई सन्तानको जन्म हुँदा १५ हजार रुपैयाँ सम्म प्रदान गर्ने व्यवस्था रहेको छ ।

सञ्चयकर्ता कर्जा तथा सापटी कार्यक्रम सुविधाहरू

विशेष सापटी
कोषले सञ्चयकर्तालाई समय समयमा आइपर्ने वित्तीय आवश्यकतालाई दृष्टिगत गरी कोषबाट सञ्चय कोष मौज्दातको ८० प्रतिशतसम्म विशेष सापटी प्रदान गर्छ ।

सञ्चयकर्ता घर सापटी

सञ्चयकर्ताले घर निर्माण वा खरिद गर्न चाहेको खण्डमा कोषबाट कर्जा लिन सक्ने सुविधा छ । कम्तिमा १ वर्ष सम्म नियमित सञ्चय कोष कट्टी गरेका सञ्चयकर्तालाई नयाँ घर निर्माण गर्न, भइरहेको घरमा तला थप्न, घर खरिद गर्न, यो सापटी प्रदान गरिन्छ । सञ्चयकर्ताले कोषबाट १२ वा १५ वर्षको तलबमा नबढ्ने गरी १ करोड रुपैयाँसम्म कर्जा पाउने व्यवस्था कोषले गरेको छ ।

सञ्चयकर्ता शैक्षिक सापटी

सञ्चयकर्ताको पति/पत्नी/छोरा/छोरीले स्वदेशमै वा विदेशमा गएर पढ्न खोजेको खण्डमा कोषले कर्जा दिने सुविधा छ । कम्तिमा १ वर्ष सम्म नियमित सञ्चय कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ वर्ष सेवा अवधि बाँकी भएका सञ्चयकर्ताका पति/पत्नी/छोरा/छोरीले उच्चशिक्षाको आवश्यकता परिपूर्तिका लागि कोषले घरजग्गा धितो तथा कोष कट्टीको आधारमा २५ लाख रुपैयाँसम्मकर्जा प्रदान गर्छ ।

सञ्चयकर्ता सरल चक्र कर्जा

सञ्चयकर्ताको सामाजिक कार्य लगायतका भैपरि आउने आवश्यकता पुरा गर्ने उद्देश्यले सरल चक्र कर्जा सुरु गरिएको हो । सरल कर्जा अन्तर्गत कोषले सञ्चयकर्तालाई घर तथा जग्गाको धितोमा १० वर्षको तलबमा नबढ्ने गरी ३० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्ने व्यवस्था छ ।

सञ्चयकर्ता घर मर्मत सापटी

कोषले सञ्चयकर्तालाई घर मर्मतका लागि सापटीसमेत प्रदान गर्ने व्यवस्था छ । सामाजिक सुरक्षाको अवधारणा अनुरूप २०७३ सालदेखि सुरु भएको घर मर्मत गर्न घरजग्गाको धितोमा अधिकतम ५ वर्षको तलबमा नबढ्ने गरी २५ लाख रुपैयाँसम्म सापटीको सुविधा रहेको छ ।

सञ्चयकर्ता जग्गा खरिद सापटी

कम्तिमा १ वर्ष सम्म नियमित सञ्चय कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ वर्ष सेवा अवधि बाँकी भएका सञ्चयकर्तालाई घर वा जग्गाको धितोमा ५० खाल सम्म जग्गा खरिद सापटी प्रदान गर्न सकिने व्यवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
4.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?