National life

काठमाडौँको वायु विश्वकै अस्वस्थकर, अनिवार्य मास्क लाउन मन्त्रालयको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
669Shares
काठमाडौँको वायु विश्वकै अस्वस्थकर, अनिवार्य मास्क लाउन मन्त्रालयको आग्रह
ncell

काठमाडौं । काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन अनुरोध गरेको हो । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको बताउँदै यस्तो अनुरोध गरेको हो।

काठमाडौँमा वायु प्रदूषण अत्याधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन मन्त्रालयका प्रवक्ता डा।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रकाश बुढाथोकीले अनुरोध गरेका छन् ।

उक्त विज्ञप्तीमा विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स–¥याकिङ्ग’ अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गरिएको छ । “वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पु¥याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिम समेत हुन्छ,” विज्ञप्तिमा लेखिएको छ ।

नेपालमा वायु प्रदुषणबाट बर्सेनी हुने मृत्युमा बढीजसो पाँचवर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा बढी छन् । यसले नेपालीको औसत आयु ४.१ प्रतिशतले घटाएको तथ्याङ्क छ ।

नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको पनि प्रवक्ता बुढाथोकी जानकारी दिए। गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडहुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउनु हुन मन्त्रालयले आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?