National life

काठमाडौँ उपत्यका सहित यी स्थानमा वर्षा, कस्तो रहला आज दिनभरको मौसम ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ साउन २०८१, मङ्गलबार
703Shares
काठमाडौँ उपत्यका सहित यी स्थानमा वर्षा, कस्तो रहला आज दिनभरको मौसम ?
ncell

काठमाडौँ । यति बेला उपत्यकासहित देशभरका धेरैजसो स्थानमा पानी परिरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभावका कारण दैनिक जीवनमा कष्टकर आएको छ ।

यतिबेला मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल  देशभर साधरणतया बदली रहेको छ। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति  देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ।

यो समाचार शेयर गर्नुहोस्
703SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?