National life

काम गरेको भन्दा ९ लाख ७७ हजार बढी रकम दिने ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ चैत २०८०, सोमबार
551Shares
काम गरेको भन्दा ९ लाख ७७ हजार बढी रकम दिने ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम भएको भन्दा बढीको मूल्यांकन गरी सहकारीलाई पैसा दिएको आरोपमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालिन निमित्त कार्यालय प्रमुख डा.सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उक्त सहकारीले काम गरेको भन्दा ९ लाख ७७ हजार १६ रुपैयाँ ९४ पैसा बढी भुक्तानी दिएको भन्दै अख्तियारले तत्कालीन निमित्त कार्यालय प्रमुख यादवसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका-गोइयाहीमा सञ्चालित आम्रपाली बहुमुखी सहकारी संस्थालाई आर्थिक वर्ष २०७५-०७६ मा कृषि सेड निर्माणको लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीले दिएको रकममा भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अख्तियारले भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, चक्रघट्टा गाउँपालिका- ९ का तत्कालीन वडाध्यक्ष रामईश्वर ठाकुर लोहार, आम्रपाली सहकारीका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जय नन्दन राय यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?