National life

कालिका पावरको वित्तीय विवरण सार्वजनिक,नाफासँगै बिद्युत् बिक्री आम्दानीमा वृद्धि,

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ साउन २०८२, मङ्गलबार
393Shares
कालिका पावरको वित्तीय विवरण सार्वजनिक,नाफासँगै बिद्युत् बिक्री आम्दानीमा वृद्धि,
ncell

काठमाडौँ । कालिका पावर कम्पनी लिमिटेडको नाफासँगै बिद्युत् बिक्री आम्दानीमा समेत वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार यस्तो देखिएको हो ।

विवरण अनुसार कम्पनीको गत आवको चौथो त्रैमाससम्म नौ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९.७१ प्रतिशतले बढी हो।

Royal Enfield
nic asia capital
अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत् बिक्री आम्दानीमा २.२५ प्रतिशतले बढ्दै १९ करोड ५९ लाख पुगेको छ। कम्पनीले यो अवधिसम्म १४ लाख ३१ हजार रुपैयाँ बराबरको अन्य आम्दानी गरेको छ। कम्पनीको रिटेन्ड अर्निङ १२ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

यो अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ११ करोड ९१ लाख र कुल चालु दायित्व ८२ लाख ५० हजार रुपैयाँ छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १०.०८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११३.४८ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १२१.३७ रुपैयाँ, तरलता अनुपात १४.४४ प्रतिशत रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
393SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?