National life

कास्की प्रहरीमा रवि लामिछानेसहित १८ जनाविरुद्ध जाहेरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ माघ २०८०, सोमबार
616Shares
कास्की प्रहरीमा रवि लामिछानेसहित १८ जनाविरुद्ध जाहेरी
ncell

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेसहित थप केही व्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी पीडितले प्रहरीमा जाहेरी बुझाएका छन् ।

सूर्यदर्शन सहकारीबाट पीडित बनेका व्यक्ति तथा संस्थाहरूले समग्रमा कास्की प्रहरीमा जाहेरी बुझाएका छन्, तर उनीहरूको जाहेरी प्रहरीले बुझेको भएपनी हालसम्म दर्ता नगरेको पीडितको गुनासो छ । जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत छन्।

संस्थाहरूमा नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि विरुद्धको नाम समेटिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

छानबिन समितिको प्रतिवेदन अनुसार मनपरी रूपमा पैसा गएको देखिन्छ । पैसा लिएको तर फिर्ता नगरेका कारण जाहेरी दिएको पीडितहरूले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले ‘निवेदन आएको जानकारी दिएका छन् । दर्ताकै प्रक्रियाकै आधारमा अनुसन्धान थाल्छौँ,’ उनले भने,

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?