National life

किन खाइन्छ क्वाँटी, यस्ता छन् क्वाटी खानुका फाइदा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ भदौ २०८०, बिहिबार
1.2kShares
किन खाइन्छ क्वाँटी, यस्ता छन् क्वाटी खानुका फाइदा
ncell

काठमाडौं । आज जनै पूर्णिमा अर्थात रक्षा बन्धनका दिन नेपाली समाजमा क्वाँटी खाने प्रचलन छ । क्वाँटी जनै पूर्णिमाको बिशेषता हो । क्वाँटी शब्द नेपाल भाषाको ‘क्वाती’ शव्दबाट बनेको हो ।

नेपाल भाषामा ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल वा सुप भन्ने हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
क्वाँटी गेडागुडीको मिश्रण हो । क्वाँटी बनाउनु अगाडि गेडागुडिलाई टुसा उम्रिने गरि भिजाउनु पर्छ । क्वाँटीमा मास, भटमास, चना, मुगी, मस्याङ, ठुलो केराउ, ठुलो सिमि, सानो केराउ समावेश गरिन्छ । क्वाँटीमा शक्ति र श्वाद दुबै हुन्छ । क्वाँटीमा प्रशस्त मात्रामा प्रोटिन पाईन्छ । प्रोटिन मानव शरिरको लागि अति आवश्यक तत्व हो । यसले शरिरका कोसिकाको निर्माण र मर्मतमा महत्वपुर्ण भुमिका खेल्छ । यसलाई ३ – ४ दिन पानीमा भिजाएर त्यसमा टुसा उम्रिएपछि त्यसलाई झोलिलो बनाएर पकाइन्छ र खाने गरिन्छ ।

यसलाई खाजा तथा नास्ताको रूपमा दिनहुँ काँचै खान पनि सकिन्छ । काँचै खाँदा असर गर्छ भने हल्का बफाएर खान सकिन्छ तर काँचै खाँदा यसबाट अधिक मात्रामा पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । जनैपूर्णिमाको दिनमा खाइने क्वाँटीले वर्षायाम भरी कामगर्दा भएको चिसो ठीक हुने, चर्मरोग ठीक हुने लगायतका विश्वास पनि छन् ।

क्वाँटीका फाइदाका बारेमा आधुनिक स्वास्थ्यविज्ञानले पनि वर्णन गरेको छ । स्वास्थ्यको हिसाबले क्वाँटी धेरै फाइदाजनक छ ।

यस्ता छन् क्वाटी खानुका फाइदा :

गेडागुडीहरूमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । प्रोटिन हाम्रो शरीरमा आवश्यक पदार्थ हो जसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने लगायतका धेरै काम गरिरहेको हुन्छ । टुसा उम्रिएको क्वाँटीमा फाइबर तत्त्व पाइन्छ । फाइबरले पाचन प्रणाली, मुटुरोग, मधुमेह, क्यान्सर र तौल घटाउन मद्दत पुराउँछ । क्वाँटीमा पाइने फाइबरले कब्जियत, पाइल्स आदि समस्याहरू हुनबाट बचाउँछ । क्वाँटीलाई हाम्रो शरीरले सजिलै पचाउन सक्छ, त्यसैले अपाच्य हुने समस्या हुँदैन।

क्वाँटीबाट हाम्रो शरीरका लागि चाहिने भिटामिन बी, सी, ई, क्याल्सियम, फोस्फोरसलगायत खनिज पदार्थहरू यथेस्ट मात्रामा पाइन्छ । भर्खरै अपरेसन गरेका तथा अन्य ठोस खाना खान नहुने बिरामीहरूलाई क्वाँटीको झोल खुवाउन सकिन्छ जसमा आवश्यक पोषक तत्त्वहरू ठीक मात्रामा पाइन्छ । झाडापखाला लागेको बेला हाम्रो शरीरबाट पानी खेर जाने हुनाले त्यसको पूर्ति गर्नका निम्ति बालबालिकालाई क्वाँटीको झोल खुवाउन सकिन्छ ।

प्रोटिनको कमीबाट बालबालिकामा हुने कुपोषणमा क्वाँटी खुवाएमा त्यसबाट चाँडो रोग निको हुन मद्दत गर्छ । सस्तो र घरमै तयार गर्न सकिने हुनाले यसलाई अन्य खानेकुराको तुलनामा सन्तुलित आहारको रूपमा लिन सकिन्छ । यस्तो बहुउपयोगी क्वाँटी जनैपूर्णिमामा मात्र नभई अरू बेलामा पनि खाने गर्नाले शरीरलाई चाहिने सन्तुलित भोजनको महत्त्वपूर्ण अंश बन्न सक्छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?