काठमाडौं। कुमारी बैंक लिमिटेडको ३०९औँ शाखाको रुपमा जुम्ला शाखा स्थापना गरेको छ।
दुर्गमका नागरिकलाई बैंकिङ सेवाको पहुँचमा पुर्याउन कुमारी बैंकले जुम्लामा शाखा विस्तार गरेको हो। सोमबार औपचारिक कार्यक्रमबीच शाखा विस्तार गरिएको छ। संविधान सभा सदस्य तथा बैंकका पूर्वसञ्चालक सदस्य ललितजंग शाहीले शाखाको औपचारिक उद्घाटन गरेका हुन्।
उद्घाटन लगत्तै बैंकले सेवा सुरु गरेको छ। कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लास्थित वडा नं.६ चन्दननाथ नगरपालिकामा जुम्ला शाखा सञ्चालनमा ल्याएको छ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


































