National life

कुलमान बर्खास्तिको विरोधमा नेपाली जनप्रगतिशील मञ्च जापानले निकाल्यो विज्ञप्ति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ चैत २०८१, बुधबार
573Shares
कुलमान बर्खास्तिको विरोधमा नेपाली जनप्रगतिशील मञ्च जापानले निकाल्यो विज्ञप्ति
ncell

नेपाली जनप्रगतिशील मञ्च, जापानले नेपाल  विद्युत प्राधिकरणको कार्यकारी प्रबन्धक निर्देशक कुलमान घिसिंगलाइ कार्यकाल सकिनु अगावै गरिएको अपमानजनक बर्खास्तिको विरोध गरेको छ। मन्चले एक प्रेस विज्ञप्ति  जारी गर्दै कुलमान बर्खास्तिको विरोध गरेको हो ।

दिनको १८ देखि २० घण्टा सम्म लोडसेडींगको मार खेपिरहेको नेपाली जनतालाई आफ्नो विज्ञता, ज्ञान, अनुभव र कार्य कुशलता मार्फत नेपालको अँध्यारो युगको अन्त्य गर्दै उज्यालो युगमा प्रवेश गराउने उज्यालो युगका नायक विद्युत प्राधिकरणको कार्यकारी प्रबन्धक निर्देशक कुलमान घिसिंगलाइ कार्यकाल सकिनु अगावै गरिएको अपमानजनक बर्खास्तको नेपाली जनप्रगतिशील मञ्च जापान घोर निन्दा सहित भर्त्सना गर्दछ । विज्ञप्तिमा भनिएको छ।

जनताको हजारौँ जनगुनासा र असन्तुष्टीहरुलाई सम्बोधन गर्न छाडेर घाटामा रहेको प्राधिकरणलाई १२ अर्ब नाफामा लैजाने, व्यापारीहरू बाट प्राधिकरणको अर्को बाँकी बक्यौता रकम उठाउन प्रतिबद्ध, नेपालको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने देश भक्त, कर्मठ राष्ट्रसेवक घिसिङ माथि गरिएको अन्न्यायापूर्ण निर्णयले यो सरकार जनताको नभएर बिचौलियाको सरकार भएको भन्दै मन्चले विरोध जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै मन्चले समाजवादी मोर्चाको आव्हानमा यही चैत्र १५ गते भष्टचार र बेतिथिको विरुद्ध गणतन्त्र को पक्षमा काठमाडौँमा हुन गइरहेकोले विशाल  जनपर्दशनमा सहभागी हुन आव्हान समेत गरेको मञ्चका प्रवक्ता जिपी लामिछानेले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?