National life

नेको इन्सुरेन्सको कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२१ चैत २०८२, शनिबार
1.1kShares
नेको इन्सुरेन्सको कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न
ncell

काठमाडौँ । देशको निर्जीवन बीमा बजारमा विगत ३० बर्ष देखि सेवा पुऱ्याउँदै आएको नेको इन्सुरेन्स लिमिटेडले सरकारको प्राथमिकतामा रहेको कृषि तथा पशुपन्छी बीमा सम्बन्धमा नेपाल बीमा प्राधिकरण र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग तथा पशु सेवा विभागका पदाधिकारीहरुसँग अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले केही बर्ष अघि “नेकोको अभियान - कृषिमा योगदान” कार्यक्रम अन्तर्गत अभियानको रुपमा कृषि तथा पशुपन्छी बीमा कार्यक्रम संचालन गरेको थियो ।

नेपाल कृषि प्रधान देश भएकोले कृषकहरुको कृषि तथा पशुपन्छी बीमा गर्ने सन्दर्भमा आइपरेका समस्याहरुको वारेमा कम्पनीका कर्मचारीहरुले राखेको भोगाईको वारेमा नेपाल बीमा प्राधिकरण र कृषि विभाग तथा पशुसेवा विभागका पदाधिकारीहरुले सो समस्या समाधानका उपायहरु प्रस्तुत गर्नु भएको थियो ।

कम्पनीका संचालक समितिका अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षता र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक श्री सुशीलदेव सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तर्कृया कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने पशु सेवा विभागका महानिर्देशक डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उमेश दाहाल, कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, पशु सेवा विभागका बरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङ र नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निशा घिमिरेले कम्पनीबाट राखिएका विभिन्न जिज्ञासाहरुको जवाफ दिनु भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?