National life

कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी अन्तक्र्रिया

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२९ असोज २०८२, बुधबार
1.4kShares
कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी अन्तक्र्रिया
ncell

नेपाल बीमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्ने सम्बन्धमा र प्राधिकरणले पहिलो पटक व्यवस्था गर्न लागेको क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदाका सम्बन्धमा बीमकका राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्राधिकरणबाट प्रस्तुत कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ को संशोधन मस्यौदा र क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदामाथि विस्तृत छलफल भएको थियो ।

यसैगरी, नेपाल सरकारबाट प्रदान हुने अनुदानका लागि सिफारिश सम्बन्धी व्यवस्था र कृषि बीमा रियल टाइम सफ्टवेयर (एएलआईएस) को संचालनको विद्यमान अवस्था, आइपरेका समस्या र समाधानका लागि चाल्नुपर्ने कदमका सम्बन्धमा बीमकका प्रतिनिधिहरूबाट सुझावहरू लिइएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्न लागेकाले त्यसका लागि वास्तविक रायसुझावहरू दिन आग्रह गर्नुभयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यकारी निर्देशक सुवेदीले प्राधिकरणले पहिलो पटक क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिका ल्याउन लागेको जानकारी दिनुहुँदै त्यसका लागि समेत ठोस रायसुझावहरू दिन आग्रह गर्नुभयो ।

साथै, उहाँले बीमकहरूबाट प्राप्त रायसुझावहरूलाई समेत समेटेर निर्देशिकाका मस्यौदाहरूलाई अन्तिम रूप दिने जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू तथा प्राधिकरणको कृषि बीमा शाखाका कर्मचारीहरू र निर्जीवन बीमा कम्पनीहरूका कृषि विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?